‘परिमार्जन नभइ एमसिसी पारित हुँदैन’ : नेकपा अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् । प्रचण्डले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णय अनुसार उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहो¥याए ।

प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशी स्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । अमेरिकी सर कारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुझाव सहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे ।

आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो । अध्यक्ष प्रचण्ड आजदेखि सुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोक गढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार सिन्धु पाल्चोक पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्