आमा-बाबुकै ह’त्या, संजोगले बचेकी सात महिने शिशु पनि जीवन-म’रणको दोसाँधमा

धनगढी, १७ फागुन । दूध चु’स्दै गरेकी सात महिनाकी बालिकाले एकाएक आमा–बाबु दुवै गु’माउनु पर्दाको अवस्था कस्तो होला तपाई आफै कल्पना गर्नुस् त । पक्कै पनि शिशुलाई नसोचेको समस्या आइ पर्ने कुरा सामान्य मानिसले पनि सहजै अनुमान गर्न सक्छन् । कञ्चनपुरकी सात महिने शिशुको आमा–बुबाकै ह’त्या भएपछि उनी एकाएक टु’हुरी मात्र भएकी छैनन् अहिले उनी जीवन–म’रणको दो’साँधमा छिन् ।

बिहीबार दिउँसो कञ्चनपुरमा आमा–बुबाको ह’त्यापछि संयोगले जी’वितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था ज’टिल बन्दै गएको छ । बे’होस भए पछि शुक्रबार राति देखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा सात महिने शिशुको आइ’सियुमा राखेर उपचार भइ रहेको छ । आमा–बुबाको ह’त्यापछि शिशुलाई मावलीले जिम्मा लिए । आमा–बुवाको ह’त्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताएका छन् ।

तर, बालिकाको अवस्थाले अ’स्पताल परिवारलाई समेत चि’न्तित बनाएको छ । अस्प तालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउदले बच्चाको टा’उकोमा ग’म्भीर चो’ट लागेकाले अवस्था निकै ना’जुक रहेको बताएका छन् । डाक्टर साउदले बच्चाको उप चारमा अस्पतालले विशेष ध्यान दिइरहेको बताएका छन् । बच्चाको हो’श अझै आइनसकेको कारण केही भन्न नसकिने अवस्था रहेको अस्पतालले जनाएको छ ।

आमा–बुबाको ह’त्यापछि बालिकालाई पनि ह’त्याराले फ्याँ’केको हुनसक्ने अनुमान डाक्टरहरुको छ । बच्चालाई फ्याँ’किएको कारण टा’उकोको भित्रि भागमा असर पुगेको र बे’होसको अवस्थामा रहेको डाक्टरहरुले बताएका छन् । अहिले बालिकाको आ’इसियुमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । बिहीबार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा वि’भत्स ह’त्या गरेको अवस्थामा फेला परेका थिए ।

उनीहरुको ह’त्या कसले र किन ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिएका छन् । घटना भएको तीन दिन भइ सक्दा पनि प्रहरी घ’टनाको नि’चोडमा अझै पुग्न सकिरहे को छैन ।

प्रतिक्रिया दिनुहोस्