कतारमा पनि दे’खियो को’रोना, स’चेत रहन नेपालीहरुलाई दूतावासको अपील

दोहा।खाडी मुलुक कतारमा पनि कोरोना भाइरसको सं’क्रमण देखिएको छ। कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार इरानबाट उ’द्धार गरि ल्याईएका यात्रु मध्ये एक ३६ वर्षि या कतारी नागरिकमा कोरोना भा’इरसको सं’क्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

कतारमा ठूलो संख्यामा नेपालीहरु रहेका छन्। चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्। खाडीमा सबैभन्दा धेरै इरान प्रभावित भएको छ। जहाँ शनिबार २१० जनाको मृत्यु भएको खबर छ। त्यस्तै नेपाली कार्यरत रहेका कुवेत, बहराइन र ओमनमा यसका संक्र’मित बिरामी भेट्एिका छन्।

खाडी मुलुक तथा, दक्षिण कोरियामा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरु समेत त्रा’समा छन्। यद्यपी हालसम्म कुनै पनि नेपाली सं’क्रमित नभएको बताइएको छ। कतारमा कोरोना सं’क्रमित फेला परेपछि दोहा स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स’चेत रहन अनुरोध गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सचेत रहन र स’म्पर्कमा रहन भनेको हो।

प्रतिक्रिया दिनुहोस्