सबै दलका ठूला नेताले नाती–पनातीसम्मलाई पुग्ने गरी सम्पछि कमाएका छन् : भण्डारी

चितवन, १७ फागुन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सबै दलका ठूला नेताले नाती–पनातीसम्मलाई पुग्ने गरी सम्पति कमाएको आरोप लगाएका छन् । उनले ठूला नेताहरुले यतिविधि सम्पत्ति आर्जन गरेको मात्र नभई आफन्त लाई जागिर खुवाएको समेत आ’रोप लगाए ।

उनले ठूला दलका शीर्ष तहका रहेका कोही पनि नेताबाट देशले कुशल नेतृत्व पाउन नसक्ने उल्लेख गरे । उनले भने, ‘ठूला दलका ठूला नेताबाट देश चल्दैन’, भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग भण्डारीले भने, ‘हामीले यिनीहरुको हविगत देखिसक्यौं । जन ताले पनि देखिसके ।’ पार्टी फरक भए पनि ठूला नेताको चरित्र समान रहेको भन्दै भण्डारीले कटाक्ष गरे ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पहिलो पुस्ताका नेताहरु बाहिरिनुपर्ने माग उनले गरे । शीर्ष नेताहरुलाई वानजीको संज्ञा दिँदै पाण्डेले फाइभजीका युवाहरुका भावना वानजीका नेताले बुझ्न नसक्ने टिप्पणी गरे । उनले शीर्ष नेतालाई ‘बाँ’दरको झुण्ड’ को संज्ञा समेत दिए दिए ।

प्रतिक्रिया दिनुहोस्