कोरोनाको कारण अमेरिकामा पनि एक जनाको ज्या’न गयो, वाशिङ्टनमा आपतकाल घाेषणा

काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइरसको स’ङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्या’न गएको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्या’न गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाकाे ज्या’न गएपछि वाशिङ्टनका गभर्नरले आ’पत्कालीन अवस्थाकाे घाेषणा गरेका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसकाे सम्भावित ख’तरा रहेको तर ख’तरासँग ल’ड्न अमेरिका तयार रहेको बताएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा क’डाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।

चीनबाट फै’लन सुरु भएको कोरोना भाइरसकाे स’ङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फै’लिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट स’ङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ। पछिल्ला दिनमा यसको प्रभाव दक्षिण कोरिया, इटाली र रानमा धेरै देखिएको छ भने अन्य मुलुकमा पनि मामिलाहरू सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्