काठमाडौं । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ। झण्डै आठ लाख छाप्नुपर्र्ने मध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइ सकेको यातायात व्यवस्था विभागले जनाएको छ । झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ ।
विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताउनु भयो । आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइ रहेको छ । उहाँले भन्नुभयो, “यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिन्छ ।” विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ ।
नयाँ उपकरणले चारदेखि पाँच अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये तीन वटाले काम गर्छन्। पुराना तीन उपकरण र ‘मास प्रिन्टर’ दुवैको प्रयोग गरी बाँकी अनु मतिपत्र छाप्न लागिएको विभागले जनाएको छ । विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रिया मार्फत मदरास प्रिन्टर प्रालि मार्फत प्रिन्टर किनेको हो ।
विभागले छपाइ गर्नसक्ने क्षमता भन्दा माग धेरैगुणा बढी हुँदा एक वर्ष सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अनुमति पत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्