यस्तो पो नेता, न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई चाहिँदैन सहयोगी र सुसारेहरु, आफैं ब्रिफकेस बोक्छिन् र गाडीमा हाल्छिन्

काठमाडौं : नेता होस्, हुनेखाने कार्यकर्ता किन नहोस् आफ्नो काम आँफै गर्नुपर्छ भन्ने सं’स्कारको विकाश हुँदैछ विकशित देशमा । हामी कहाँका नेताहरु करोडौँ रुपैया भ्र’ष्टाचार गर्नका लागी मोलमोलाइमा लिप्त बनि रहँदा न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डा आर्डेनले आफ्नो काम आँफै गरेर संसारलाई उदाहरणका रुपमा देखाउन सफल भएकी छिन् ।

अष्ट्रेलिया भ्रमणका क्रममा उनले आफ्नो सामान आफैंले बोकेका तस्विरहरु अहिले भाइरल बनिरहेका छन्। हामीकहाँका नेताहरुले जहाँ जाँदा पनि सुसारे सहितको जम्बो टोली बोकेर राज्य कोषको चर्को दोहन गरिरहेका बेला न्यूजिल्याण्डकी प्रधानमन्त्रीले खौवा नेता हरुलाई कडा झापड हानेकी छिन् ।

हामीकहाँका नेताहरुले छाता ओढाउनेदेखि अन्य सानातिना कामका लागी पनि सहयोगी खोज्ने प्रवृत्तिको विपरित पछिल्लो समय अरबपतिहरुले पनि आफ्ना सानातिना काम आँफैले गरेका कैयौँ उदाहरणहरु छन् । जसको एक सजिव उदाहरण हो संसारको सबै भन्दा धनाढ्य व्यक्तिको सूचीमा आउने अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको जीवन । पनि अरुले सोचेको भन्दा फरक र निकै सरल छ ।

सन् १९९४ मा माइक्रोसफ्टमा काम गर्ने मेलिण्डासँग विवाह गरेका बिल गेट्सले पनि सामान्य भन्दा सामान्य जीवन जीउन रुचाएको बताइन्छ । तर हामीकहाँ भाषा नै परिवर्तन गरेर धनाड्य र नेताहरुको चाकडी गर्ने प्रवृत्ति विरुद्ध न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डा आर्डेन र बिल गेट्सले कडा प्रहार गरेका छन् । जुन कुराले मैहु भन्नेहरुले एक पटक सोच्नै पर्ने बेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्