अमेरिकी राजदूत पनि नेपालको हिन्दु पूजापाठमा सक्रिय

काठमाडौं । पछिल्लो समय नेपालका लागि केही अमेरिकी राजदूतहरु नेपालको हिन्दु संस्कृति संग घुलमिल हुन खोजेका दृष्यहरु देख्न पाइएका छन । हालका राजदुत र्याण्डी बेरी पनि हि’न्दू मन्दिरमा पूजाको सामाग्री बोकेर उभिएको तस्बिर देख्न पाइयो ।

काठमाडौंस्थित अमेरिकी राजदूतावास र उसका राजदूतहरुले प्रायः नेपाली रीतिरिवाज, चाडपर्व र संस्कृतिसँग भिज्नेगरी बेलाबखत विभिन्न कार्यक्रमको आयोजना गर्ने र सहभागी हुने गरेको पाइन्छ। यसपटक भने राजदूत बेरी आफैँ हातमा पूजा सामाग्री लिएर मन्दिर अगाडि उभिएको देख्न पाइयो ।

अमेरिकी राजदूतावासको सामाजिक सञ्जालका पृष्ठहरुमा नजर लगाउने हो भने राजदूत र दूतावासले पछिल्लो पटक आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती र असार १५ गतेसम्मको शुभकामना दिएको पाइन्छ । अर्कै ध’र्म मान्ने ब्यक्तिले त्यो भन्दा फरक ध’र्म अनुसारको कर्म गर्न खोज्नुलाई धार्मिक सद्भाव र सहिष्णुता कायम गर्न खोजेको भन्न सकिन्छ । अमेरिकी राजदूत र्याण्डी बेरीले पनि यही उदाहरण प्रस्तुत गर्न खोजेको मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्