कोरोना भाइरस जाे’खिम : अन्तर्राष्ट्रिय उडान रो’क्ने बारे छलफल

काठमाडाैँ, १८ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरसको सं’क्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि नेपालमा पनि सरकारले उच्च स’तर्कता अपनाउने भएको छ । शनिबार बालुवाटार स्थित प्रधानमन्त्रीले बोलाएको छलफलमा कोरोना रो’कथामको पूर्वतयारीको लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन भएको छ।

गृह, पर्यटन, स्वास्थ्य, अर्थ र शिक्षा मन्त्री समेत रहेको सो समितिले अब कोरोना सम्बन्धि आवश्यक निर्णय लिने पर्यटनमन्त्री योगेश भट्टराईले बताए। ‘अहिलेलाई विमानस्थलमा जाँच बढाउने, थप औषधी भण्डारण गर्ने,हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप्ने निर्णय भएको छ,’ मन्त्री भट्टराईले भने। छलफलमा कोरोनाको सं’क्रमण फैलिएको देशहरुसँगको हवाई सेवा ब’न्द गर्ने विषयमा पनि कुराकानी भएको थियो।

अब परिस्थिति हेरेर आवश्यक परे हवाई सेवा ब’न्द गर्ने निर्णय पनि समितिले नै गर्ने भट्टराईले जनाए। अब यो समितिले नै काेराेनाकाे जाे’खिम र गतिविध बारे अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ । प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चे’कजाँच गर्न, चे’कजाँचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्देशन दिनु भएको बताइएको छ ।

चीनको वुहानबाट सुरु भएको को’रोना भा’इरसबाट सं’क्रमित एक जना नेपालमा पनि भेटिएका थिए । तर उनी उप’चारपछि स्वस्थ्य भइसकेका छन्। वुहानबाटै उ’द्धार गरी ल्याइएका दुई सय बढीको न’मूना लिइएको थियो तर सबैको रिपोर्ट सं’क्रमण नभएको आए को छ । तर पनि नेपालमा यसकाे जाे’खिम भने कायमै रहेकाले उ’च्च सत’र्कता अपनाउने निर्णयमा सरकार पुगेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्