गोरखाको मात्र राजा भएको भए, आज बिश्व चित्रमा नेपाल हुदैन थियो !

काठमाडौं : राष्ट्रवादि मंगल जिएम भन्नुहुन्छ, राष्ट्रनिर्माता श्री ५ बडामहाराज धिराज पृथ्वी नारायण शाहदेव(वि.सं.१७७९-१८३१)नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नर भुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए।

सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। यसरी पनि बुझ्न सकिन्छ धर्म नीति र हि’न्दू सम्राट बन्ने सम्पन्न गुणी थिए साथमा धनुवाण तरबार,घोड सवारी दौड आदिमा पनि उनी निपूर्ण थिए । गोरखाका राजा नारभूपाल शाहको छोरा भएकाले यिनमा राजा हुने योग त जन्मदै बिरासतमा नै लिएर आएका थिए तर यिनले आधुनिक नेपालको सपना नदेखेर गोरखाको मात्र राजा भएको भए आज बिश्वचित्र बाट नेपाल भन्ने देश हुदैन थियो।

यिनी राजनीति र कूटनीतिमा मात्र हैन दूर दृष्टि भएका प्रभाव साली व्यक्ति पनि थिए। वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर संसार देखी बिदा हुने अन्तिम घडिमा घाट मै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ‘दिव्य उपदेश’ समेत भनिन्छ। “नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ।

दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।” इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। जून दिव्य उपदेशहरु अहिलेको बर्तमान राजनीतिक अवस्थामा बिपरीत देखिन्छ। राष्ट्र निर्माता श्री ५ बड़ामहाराज पृथ्वी नारायण शाहदेवले स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।

तर आज सींगो नेपाललाई जातीयको नाममा कहिले भाषाको नाममा कहिले सीमांकनको नाममा फेरी बाइसे र चौबीस राज्यमा पुराउने खेल भएको छ। अखण्ड नेपाल चाहने नेपालीहरुले यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रीय एकता दिवस मनाउने गरिन्छ। तर बिडम्बनाको कुरो जहा राष्ट्र नायकको समझनामा सम्मान स्वरूप सरकारले राष्ट्रवादी कार्यक्रम चाल्नुपर्ने ठाउँमा इतिहास मेटाउने डरलाग्दो कार्य भई रहेको छ।

आज जहा नेताहरुले जुन धरातलमा टेकेर राज नीतिकको घिन लाग्दो खेल खेली रहेका छन त्यो पनि पृथ्वी नारायण शाहको उपहार हो भन्ने कुरा भूली रहेका छन । बिदेशी नीति,संस्कृति र संस्कारलाई अंगालेर आफ्नै मौलिक पहिचान र इतिहासलाई गुमाई बिबेक हीन र राष्ट्रहित बिपरीत कार्य भई रहेको छ। भबिस्य बुझ्नलाई बर्तमान बुझ्नु पर्छ र बर्तमान बुझ्नलाई इतिहास बुझ्नु पर्छ।

इतिहास बिनाको देशमा नत नैतिकता हुन्छ नत धर्म हुन्छ नत पहिचान हुन्छ । त्यसैले इतिहास बिनाको देश छानो बिनाको नाङ्गो घर हुन्छ । हामी धेरै टाडा नजाऊ हाम्रो छिमेकी राष्ट्र भारतमा कै’यौ वर्ष मुगल साम्राज्य र अंग्रेजहरुले शासन गरे तर पनि इतिहास जीवित राखेका छन। चोक चोकमा सालिक र मुगलका भीमकाय किल्लाहरु अजै सबूतको रूपमा जीवित नै छन।

त्यसैले बितेका इतिहासले नै राष्ट्र प्रति र धर्म प्रति सजक र आफ्नो जन्मभूमिलाई निःस्वार्थ भावले प्रेम गर्ने पाठ सिकाउद छ अनि मात्र राष्ट्र प्रेम र राष्ट्र भाव जागेर आउद्छ। तर नेपाली जनताले सोचेको भन्दा बिपरीत कार्य भई रहेको छ । भनिन्छ कलियुगमा गंगा उल्टो बग्छ भनेर। बिदेशी राजनेताहरुको आगमन र बिदेशी धर्म-सम्प्रदायका अगुवाकारहरुको जन्मदिनमा सार्वजनिक बिदादिने सरकारले राष्ट्र निर्माताको जन्मदिनमा सार्वजनिक बिदा किन नदिने ? यो प्रश्न चिन्हले कही कतै राजनेताहरु माथि राष्ट्रहित भन्दा अहितको गंद फैलिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्