अमेरिकामा कामदार भिसामा जान आवेदन दिन सुरु : यसरी भर्न सकिन्छ अनलाइन फारम

काठमाडौं । कामदार भिसामा अमेरिका जानका लागि अनलाइन दर्ता खुला भएको छ । आइतबारदेखि नै कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुलेको हो । अनलाइन मार्फत भरिएको फारमको नजिता ३१ दिनमै आउने छ। अमे रिकी कामदार ‘भिसा एचवान बी’ आज मार्च १ देखि खुलेको हो ।

‘भिसा एचवान बी’ मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुला भएर मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र संसार भरबाट अनलाइन आदेवदन दिन सकिने छ । त्यसका लागि १० अमेरिकी डलर खर्च लाग्नेछ ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइन मार्फत दर्ता गराउनका लागि युएससी आइएसको अनलाइन एकाउन्टको प्रयोग गनु पर्नेछ । अमेरिकाले विभिन्न क्षेत्रका कामदार भित्र्याउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको हो । विभिन्न क्षेत्रमा कामदारको अभाव भएकाले अमेरिकाले बेलाबेलामा यसरी कामदार भित्र्याउने गरेको छ । कामदार भिसाका लागि यो लिंकमा गएर फारम भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्