आफू पक्षीय नेतालाई साक्षी राखेर नेपालले भने- ‘सम्मानजनक ढङ्गले छिटाे एकता हाेस् भन्ने चाहना छ’

काठमाडाैं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले सम्माजनक ढङ्गले एकता हाेस् भन्ने चाहेकाे बताएका छन् । साेमबारकाे आफू पक्षीय स्थायी कमिटी बैठकमा नेता नेपालले सम्मान जनक र सुव्यवस्थित ढङ्गले छिटाे एकता होस् चाहेकाे बताएका हुन् । उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए ।

“कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,” नेता नेपाललकाे भनाइलाई उद्धृत गर्दै उनी पक्षीय नेता रघुजी पन्तले प्रेस वक्तव्यमार्फत बताएका छन् ।

बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो। छलफलका अन्य स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्