बिहीबारदेखि युएईमा नेपालीलाई प्रवेश खुला

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) ले को’रो ना विरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबार देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावी स्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । युएई सरकारले नेपाललगायत ६ वटा मुलुक लाई प्रवेशमा रोक लगाए पछि नेपाली श्रमिकहरू अजरबैजान हुँदै युएई पुगेका छन् । युएईबाट बिदामा आएका श्रमिक नेपालबाट जान नपाएपछि अजरबैजानलाई ट्रान्जिट बनाई युएई पुगेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिन लगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नु पर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्