कोरोना भाइरस सं’क्रमणको आशंकामा टेकु अस्पतालमा चार जना भर्ना

काठमाडौं । कोरोना भाइरसको सं’क्रमणको आशंकामा टेकु अस्पतालमा चार जनालाई भर्ना गरिएको छ। टेकु स्थित स’हिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाले अस्पतालले जनाएको छ ।

शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले दिएको जानकारी अनुसार शनिबार एकजना अस्पताल भर्ना भएका थिए । उनी चीन बाट फर्किएका व्यक्ति हुन् । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आ’शंकामा आइसोलेसनमा राखिएको छ ।

आइतबार कोरिया बाट आएका तीन जना भर्ना गरिएको छ । तीमध्ये बिहान दुईजना र अहिले बेलुकी एकजना भर्ना भएको उनले जनाए । त्यसैगरी क्वारेन्टाइनमा रहेका १७५ जनाको दोस्रोपटक नमुना संकलन गरिएको छ । उनीहरुको रिपोर्ट सोमबार मात्रै आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्