‘प्रचण्डले वर्ग सं’घर्षको कुरा गरेको चित्तै बुझेन, जुत्ता हा’न्दिएँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आइतबार काठमाडौंमा जुत्ता प्र’हार गरिएको छ । प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र’हार गरिएको भए पनि उनलाई भने लागेन। भरतमोहन अधि कारीको स्मृति दिवसमा भएको कार्यक्रममा सम्बोधन लगत्तै प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्र’हार गरिएको थियो ।

प्रचण्डलाई जुत्ता प्र’हार गर्ने जुम्लाका रतन तिरुवालाई प्रहरीले तत्कालै नि’यन्त्रणमा लिएको थियो । जुम्लाको सिञ्जा गाउँ पालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरत मोहन अधिकारीको स्मृ’ति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हा’नेका थिए।

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्ग संघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्