प्रचण्डमाथि जुत्ता हा’न्नेलाई प्रहरीकै अगाडि प्रचण्डकै प्रेस सल्लाहकारको लात्ती (भिडियो सहित)

काठमाडौं: आइतबार राष्ट्रियसभा गृहमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ता’केर एक युवाले जुत्ता प्र’हार गरे। दर्शक दीर्घाबाट जनयु’द्धका क्रममा राज्य पक्षबाट बुबा मा’रिएका जुम्लाका २२ वर्षीय रतन तिरुवाले प्र’हार गरेको जुत्ता प्रचण्ड भन्दा अलि परै खस्न पुग्यो। प्रचण्डले आफूलाई ताकेर जुत्ता हा’नेको भन्ने कुरा थाहै पाएनन्।

मञ्चमा रहेका र दर्शकदीर्धाका मान्छेहरु भटाभट ओर्लीएपछि प्रचण्डले बल्ल मञ्चमा जुत्ता प्र’हार भएको थाहा पाए। कार्यकर्ताहरुले जुत्ता प्र’हार गर्ने युवामाथि कु’टपिट गर्न थालेपछि मञ्चबाट अध्यक्ष प्रचण्डले रतनलाई नपि’टन आग्रह गरेको एक प्रत्यक्षदर्शीले बताए । जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले निय’न्त्रणमा लिएको छ। हाल उनलाई सिंहदरबार वृत्तमा राखिएको छ।

जुत्ता प्र’हार गरे लगत्तै प्रहरीले नि’यन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कु’टपिट गरेका हुन् । प्रहरीले नि’यन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले तिरुवा लाई अगाडि र पछाडिबाट ला’तले हा’नेका हुन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्