प्रचण्डमाथि जुत्ता प्र’हार भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अस’हमति र म’तभेद शान्तिपूर्ण र म’र्यादित ढंगले व्यक्ति गर्ने संसकारको विकास गर्न आग्रह गरेका छन्। आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्य क्रममा जुम्लाका रतन तिरुवाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ता’केर जुत्ता प्र’हार गरेपछि अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

जुता प्रहार भएको केही समयमा नै समाजिक सञ्जाल ट्वि’टरमा पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रमा आलो’चनात्मक चेत आवश्यक भएपनि त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक नै हुनुपर्ने प्रतिक्रिया दिएका छन्। ‘आफ्ना अ’सहमति र म’तभेद शान्तपूर्ण र म’र्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं’, प्रचण्ड माथि जु’त्ता प्र’हार भएको भिडियो ट्वि’टरमा सेयर गर्दै उनले लेखेका छन्, ‘ लोकतन्त्रमा आ’लोचनात्मक चेतना हुनैपर्छ तर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनुपर्छ।’

रतनले सभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति कार्यक्रममा सम्बोधन सकेर मञ्चमा बस्न लाग्दा अध्यक्ष प्रचण्डलाई ता’केर हा’नेका थिए। तर, ताकेरै हा’नेको भए पनि जुत्ताले प्रचण्डलाई भने नलागेको प्रत्यक्षदर्शी बताएका छन् । त्यस लगत्तै उनलाई प्रह रीले प’क्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याएको थियो। प्रचण्डको वर्ग सम्बन्धी भाषण मन नपरेका कारण आ’वेगमा आएर आफूले जु’त्ता प्र’हार गरेको बयान रतले प्रहरीमा दिएको प्रहरी स्रोतले जनाएको छ। उनी माथि अहिले अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्