पृथ्वी जयन्तीमा बिदा नभए पनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाका लागि साचेर राखे हुन्छ !

काठमाडौं : पृथ्वीनारायण शाह थिए र नै विश्वको नक्सामा सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्र जन्मिन सक्यो। नेपाल राज्य भएकैले नेपालको माटो, जल, जंगल र यहाँका मानिसका कण कणमा, मन मनमा, भौतिक शरीरविना पनि उनी बाँचि रहेका छन्। पृथ्वीनारायण भनेकै नेपाली राष्ट्रियताको कहिल्यै ननिभ्ने ज्योतिको अखण्ड स्वरूप हो।

नेपाल भएकै कारण नेमुनीदेखिका अनेक प्रसंग आउँछन्। उनकै कारण नेपाली भाषा, धर्म र संस्कृतिका साथै नेपाली राष्ट्रियताको श्रीवृद्धि भएको हो। अनेक जातजाति र अन्य भाषा एवं भेषभूषाको संरक्षण र संवद्र्धन यहाँ हुन पाएको छ। नेपाल भएकै कारण हामी आफूलाई नेपाली भएकोमा गर्व गर्छौं। र भावी पुस्ताले पनि यसमा गर्व गर्ने ठाउँ पाएको छ। नेपाल भएकै कारण हिमवत्खण्ड अन्तर्गत नेपाल महात्म्यले महत्व पाएको छ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ।

राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रकाे रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालका मूल पुरुषको सम्मान गर्न हामी जति पछि पर्दै छौं, त्यतिनै हाम्रो राष्ट्रिया कमजोर हुँदै जाने छ। राज्य विस्तारको क्रममा पृथ्वी नारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू– भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो। तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएकाे थियाे ।

तर पनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो । आज देशैभरि पृथ्वीनारायण शाहकाे याेगदानकाे स्मरण गरिँदै छ। विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ। यसै सन्धर्भमा चर्चित पत्राकार रबि लामिछाने पनि आफ्नो फेसबुकमा सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएको प्रति असन्तुस्टी जनाएका छ ।

यस्तो छ रबि लामिछानेले लेखेको स्टाटस : ईतिहास दुत्कारेर भविष्य बन्दैन। पृथ्वीनारायण क्रू’र थिए होलान्, देखेनौ । तर त्यस पछिका परिवर्तनका लडाहरु पनि मुटु का’प्ने गरि क्रूर थिए, आखै अगाडी देख्यौं । आजको चेतनाको सुबिधा बोकेर हिजोको मुल्यांकन गर्नु आफै प्रती अन्याय हुन जान्छ। फेरि आ’लोचना र घृ’णाले बिगत फेरिने पनि त होईन। यहाँ सर्वस्विकार्य के नै छ र,को नै छ र ? नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह र यो अभियानमा ब’लिदान दिनु हुने सम्पुर्ण वीर वीरङ्गनाहरु अमर रहुन। स्वाभिमानी नेपालीलाई पृथ्वी जयन्तीमा बिदा नभएपनि फरक पर्दैन सरकार, त्यो बिदा मोदी आउदाका लागि साचेर राखे हुन्छ।

प्रतिक्रिया दिनुहोस्