हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १९ गते सोमबार, कुन राशिको भाग्यफल कस्तो छ ?

काठमाडौं : वि.सं.२०७६ साल फाल्गुन १९ गते । सोमबार । ईश्वी सन् २०२० मार्च ०२ तारिख । नेपाल संवत् ११४० । परि धावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्ल पक्ष । तिथि–सप्तमी,०४ घडी ४३ पला बिहान ०८ बजेर २३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी,५९ घडी १७ पला । योग– वैधृति,०७ घडी ०२ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त विष्कुम्भ ।

मेष : दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ।

बृष : पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापन सुदृड हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त विचको सम्वन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

मिथुन : आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कर्कट : साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिहं : व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । नयाँ काम पाउँने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा पति पत्नी विच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

कन्या : साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ। अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु सम यमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।

तुला : मायाप्रेम तथा पतीपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै सं’घर्ष गर्नु पर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

बृश्चिक : शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरीने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्का विच नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।

धनु : व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउँने प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् । पढाइमा देखि एको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि भेटिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

मकर : पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउने छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आक स्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

कुम्भ : कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

मीन : विवा’दित विषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकि नेछ । दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

तपाईको दिन शुभ रहोस् । यूवा ज्योतिषि डिपि भण्डारी ज्योतिष परामर्ष सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न.९८०८३०७२७५ नोट: चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

प्रतिक्रिया दिनुहोस्