प्रधानमन्त्री ओलीले बुबालाई ढोगेर आशिर्बाद लिए अनि गाडी चढेर अस्पताल तर्फ लागे

काठमाडौं। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । आउँदो बुधबार दोस्रोपटक मिर्गौला प्र’त्यारोपण गर्ने तयारी स्वरुप प्रधानमन्त्री ओली सोमबार साँझ सवा ६ बजे अस्पताल भर्ना भएका हुन् ।

पर्सि, २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्र’त्यारोपणको मिति तय भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना भएका हुन्। करीब १२ वर्ष पहिले पहिलोपटक प्र’त्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए। प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मि’र्गौला दिँदैछिन्।

आज बालुवाटार स्थित प्रधानमन्त्री निवासबाट महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल जाने बेला प्रधानमन्त्रीलाई विदाई गर्न उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत शुभचिन्तक र आफन्त बालुवाटारमा जम्मा भएका थिए। अस्पतालतर्फ प्रस्थान गर्ने बेला प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसाद ओलीलाई ढोगे। र, त्यसपछि गाडी चढेर अस्पताल तर्फ लागे।

प्रतिक्रिया दिनुहोस्