यिनै हुन् समीक्षा जस्ले प्रधानमन्त्री ओलीलाई आफ्नो मृ’गौला दिन तयार भईन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मि’र्गौला दिनुहुने भएको छ । प्रधानमन्त्री ओलीलार्ई मि’र्गौला दाता समीक्षा त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ । यसअघि उहाँलाई मि’र्गौला दिन नेपालमा रहनु भएकी भाञ्जी समीक्षा र अमेरिकामा रहेका भाञ्जा तयार भएको बताइएको थियो ।

ओली अमेरिका गएको खण्डमा भाञ्जाको मि’र्गौला दिने तयारी भएपनि उहाँले नेपालमै प्र’त्यारोप गर्ने भनेपछि नेपालमै रहेकी भान्जी समीक्षको मिर्गौला प्र’त्यारोपण गर्न लागिएको हो। ३२ वर्षीया समीक्षा झापा चार आलीकी बासिन्दा हुन् । उहाँ प्रधानमन्त्री ओलीलाई पहिला मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी समेत हुन् । त्रिवि शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मि’र्गाैला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ ।

रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपीशर्मा ओली (मामा)’ भनिएको छ। यसैबीच समीक्षा सोमबार अपरान्ह अस्पताल पुगिसक्नु भएको छ। प्रधानमन्त्री ओलीको नीजि सचिवालयका अनुसार उनको मि’र्गौला प्र’त्यारो’पणका लागि चिकित्सकहरु ले आवश्यक तयारी पूरा गरिसकेका छन् । सोमबार र मंगलबार आवश्यक अब्जर भेसनमा राखेर बुधबार प्र’त्यारो’पणको तयारी भएको छ ।

प्रधानमन्त्रीको मि’र्गौला प्र’त्यारो’पण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । युरोलोजी डिपार्टमेण्टका नियमित प्र’त्यारो’पण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । चिकित्सकहरुले दोस्रो पटक मि’र्गौला प्र’त्यारो’पण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताए अनुसार ओली स्वदेशमै मि’र्गौला प्र’त्यारो’पाण गर्न तयार हुनुभएको हो ।

यसै बीच नयाँ दिल्लीको अपोलो अस्पतालबाट ओलीको मि’र्गौला प्र’त्यारो’पणका लागि दुईजना चिकित्सक पनि आउने बारे छलफल भइ रहेको बताइएको छ । पहिलो पटक १३ वर्षअघि अपोलो अस्पतालमा ओलीको मि’र्गौला प्र’त्यारो’पण गरेका चिकित्सकहरु नै पुन नेपाल आउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्