कोरिया रहेका नेपालीको संदेश – भाग्यमा जे छ, त्यो भोग्नुको विकल्प छैन

भोजराज घोडासैनी : दक्षिण कोरियामा अहिले कोरोनाको कहर छ । तर हामी काम गर्नेले नियमित कामका लागि निस्किनै पर्छ । यो नै एउटा मजदुरको बाध्यता र दैनिकी हो । मिडियामा कोरोनाबारे विभिन्न समाचारहरु आइ रहेका छन् ।यस्ता डरलाग्दा समाचारले त मनमा सन्नाटा छाउँछ नै, तर के गर्ने ? झन् विश्व नै त्रसित भएको बेला हामी कसरी नआत्तिनु ?

तर पनि आफ्नो काम गर्नै पर्‍यो ।यो संकटको बेला नेपालमा आफू हुर्किएको माटो, सँगै खेलेका साथीभाइ र रमाएका पाटीपौवा सम्झेर यहाँ बसेको छु। जीवन अतितमा मात्रै गर्व गर्ने कुरा रहेछ भन्ने बल्ल बुझेँ । मन आत्तिन्छ । तर आत्तिएर के गर्नु ? भाग्यमा जे छ त्यो भोग्नुको विकल्प पनि त छैन ।हामी कोरियामा काम गर्नेहरु निकै व्यस्त हुन्छौँ । विश्व कता गइरहेको छ, सरकारले कस्तो नीति ल्यायो, समाजमा के भयो भन्ने विषयमा सोच्ने, विचार गर्ने फुर्सद हँुदैन ।

मसँगै कम्पनीमा काम गर्ने कतिपय कोरियाली नागरिकलाई उसैका देशका कतिपय घ’टना मैले सुनाएको छु । सुनेर उनीहरु ‘ए हो र !,’ भन्दै अचम्म मान्छन् । उनीहरुले यस्ता कुरालाई वास्ता गर्दैनन् । उनीहरुलाई लाग्छ, कोरोनाको डर मानेर उनीहरुले काम गर्न छाडे भने कम्पनी घाटामा जान्छ र कम्पनी घाटामा जानु भनेको उनीहरुलाई नै नोक्सानी हुनु हो ।

उनीहरु भन्छन्, ‘काम कम भयो भने साहुलाई आम्दानी हुन्न, साहुलाई आम्दानी भएन भने हामीलाई त्यसले प्रत्यक्ष असर गर्छ।’ आफ्नै देशमा मजदुरको मजबुरी यस्तो हुन्छ भने अर्काको देशमा गएपछि के हुन्छ होला? जस्तोसुकै भइपरी नै किन नआओस्, जस्तो महामारी नै किन नपरोस् तर बाँच्नको लागि मजदुरले कामकै चिन्ता गर्छन् ।

कोरियामा रहेका हामी नेपालीहरुले पनि कामकै चिन्ता गरि रहेका छौँ, परिवारको खुसीको लागि र आफ्नो भविष्यको लागि ।अर्काको देशमा रहेका हामी मजदुरका अनेक समस्या छन् । भाषाको, परिवारसँग बिछोडको, काम गर्ने ज्ञान÷सीपको, आफ्नो पहिचानको आदि इत्यादि । काम गर्ने तरिका हाम्रो अर्को प्रमुख समस्या हो । कोरोनाको त्रास र चिन्ता त सबै काम सकेर कोठामा एक्लो हुँदा मात्रै हो ।

सामाजिक सञ्जाल खोलेर समाचार पढ्दा मात्रै हो । फुर्सद पाउँदा सोच्न, चिन्ता गर्न, बुझ्न र जान्न मन लाग्छ विशेष गरी आइतबारको दिन । नत्र त १०÷१२ घण्टा दैनिक काममै बित्छ । त्यसपछि थकित शरीरले अरु कुरा सोच्नुभन्दा निन्द्रा नै खोज्छ। चीनबाट सुरु भएको कोरोनाले कोरियामा निकै असर गरिसक्यो । रोकथामका उपाय पनि कच्चा साबित भइसक्यो । यसको असर कोरियामा रहेका नेपालीमाझ प्रत्यक्ष पर्‍यो ।

जसले कतिपय नेपाली कार्यरत कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् । कोरियाका लगभग सबै सहरमा नेपालीहरुको प्रत्यक्ष उपस्थिति छ । कोरोनाको भ’यावह प्र’कोप पनि चारैतिर बढ्दै छ ।कतिपय कोरियाली सहकर्मीमा यसको सङ्क्रमण भइसक्यो । कोरिया सरकारले केही ठाउँमा स्वास्थ्य संकटकालको घोषणासम्म गरिसक्यो । यस्तो कठोर परिस्थिति हुँदा पनि हामीलाई पशुपतिनाथको कृपाले कोरोनाले छुन सकेको छैन । हे पशुपतिनाथ ! तेरो कृपा हाम्रो शिरबाट कहिल्यै नहटोस् ।

प्रतिक्रिया दिनुहोस्