कोरोनाको डर : आफन्तकाे स्वागत र बिदाइ गर्न विमानस्थल नजान आग्रह

काठमाडौं : नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गरेको छ। प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ। सरकारले आइतबार संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो।

प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ। ‘यात्रुहरूलाई स्वागत तथा विदाइ गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्र मा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनु हुन अनुरोध छ’ प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाई गरिएको हो। यस्तै विमानस्थलले भिटिजर पास वितरण पनि अहिलेलाई स्थगित गरिएको पनि विमानस्थलले जनाएको छ। त्रिभुवन विमानस्थले अत्यावश्यक काम बाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्