यस्ता छन् कोरोनाबाट बच्ने १६ उपाय, १२ घण्टासम्म कोरोना जीवित रहन्छ: चिकित्सक

काठमाडौं । विश्वव्यापी रुपमा संक्रमण हुँदे गएको कोरोना भाइसर सबैभन्दा बढी समय फलाममा जीवित रहन सक्ने चिकित्सकहरूले बताएका छन् । अन्य वस्तुमा भन्दा फलाममा १२ घण्टासम्म कोरोना भाइरस जीवित रह्ने इन्टरनल मेडिशिन रेसिडेन्ट डा. मिलन बज्राचार्यले जानकारी दिए । यदि कुनै रोगीले फलाम छोएको रहेछ भाइरस हतपत्त मर्दैन, लामो समयसम्म जीवित रहिरहन्छ ।

‘फलाम तथा फलामबाट बनेको कुनै पनि वस्तु छोइसके पछि राम्ररी साबुन पानीले हात धुनुपर्छ,’ उनले भने ‘भरसक फलामलाई छुदै नछुने र छोएपनि पञ्जा लगाएर मात्रै छुँदा पनि केही हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ । उनका अनुसार घरको झ्याल÷ ढोका खोल्दा वा बन्द गर्दा समेत पञ्जाको प्रयोग गर्दा राम्रो हुन्छ । ‘झ्याल÷ढोकाको ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं ।

वा ह्याण्ड सेनिटाइजरको प्रयोग गर्दा अझ राम्रो हुन्छ,’ उनले भने ‘वृद्धवृद्धा र केटाकेटी तथा दीर्घ रोगीहरूमा कोरोना चाँडो सं’क्रमण हुन सक्छ।’ शाहाकारी भोजन गर्दा पनि रोग सर्ने सम्भावना कम हुन्छ । हामीले दैनिक गर्ने क्रियाकलापमा ध्यान पुर्याउन सके मात्रै पनि विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसबाट सुरक्षित रहन सकिन डा. बज्राचार्यले सुझाए । भरसक भिडभाडमा नजान पनि उनले सुझाएका छन् ।

यस्ता छन् कोरोनाबाट बच्ने उपाय :

१. घरबाट बाहिर जाँदा मास्क तथा ग्लोब कहिले नछाडौं । मानिसको भिडभाड भएको ठाउँमा मास्क र पञ्जा नखोलौं अर्थात अनिवार्य प्रयोग गरौं । २. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ । प्रयोग गर्नै परे दैनिक सफा गरेरमात्रै प्रयोग गरौं ।

३. घरभित्र कोठा वा भान्छा कोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गर्दा अझ राम्रो हुन्छ । यस्ता टावल दैनिक रुपमा सफा गर्नुपर्छ ।

४. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने वस्तु वा अन्य सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं । ५. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाल÷प्लेट, चम्चा प्रयोग गरौँ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौँ ।

६. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङबोर्ड वा अन्य सामग्री राम्रोसँग धोएरमात्र पनः प्रयोग गरौँ ।७.सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौँ अर्थात माछा मासुजन्य वस्तु राम्रोसँग पकाएर मात्र खाने गरौँ ।

८. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । झोलिलो कुरा समय समयमा धेरै सेवन गरौं । ९.खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔं ।

१०. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानो राखौँ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला गरौं ।

११.यदि कसैलाई ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर बाहिर ननिनस्किदा राम्रो हुन्छ । १२. यदि घरमा कुनै बिरामी हुनुहुन्छ भने बिरामीको स्याहार सुसार गर्दा विशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।

१३. काँचो खानेकुराहरु सेवन नगऔं ।

१४. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जिउँदो पशु वा पन्छी खरिद नगरौं । कुनै जीव वा जनावरहरु छोए पश्चात तत्काल साबुन पानीले हात धोऔँ ।

१५.शरिर सफा राखौँ र सफा कपडा मात्र प्रयोग गरौं । रुघाँखोकी, ज्वरोसँगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल गएर चिकित्सकलाई देखाइ हालौं ।

१६. १० सेकेन्डसम्म श्वास रोक्न सक्नुपर्छ, यो अवधिसम्म श्वास रोक्न सकिएन भने तुरुन्त चिकित्सक कहाँ जाऔं ।

प्रतिक्रिया दिनुहोस्