कोरोना त्रासका कारण नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरसको सं’क्रमणको खतरा हुने भन्दै नेकपाले आज हुने भनिएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको हो । केही दिनअघि मात्रै सरकारले कोरोना संक्रमणको खतराबाट जोगिन भन्दै ठूला सभा-सम्मेलन र भेला नगर्न सबैमा आग्रह गरेको थियो ।

सत्तारूढ नेकपा प्रदेश १को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापा बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने भनिएको थियो। सो कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, पर्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललगायतले सम्बाेधन गर्ने बताइएको थियो ।

यसका लागि कतिपय नेता तथा कार्यकर्ताहरु झापा पुगिसकेका थिए । तर मंगलबार बिहान मात्रै नेताहरुले हाललाई कार्यक्रम स्थागित गर्न प्रदेश पदाधिकारीलाइ निर्देशन दिएका हुन् । यसअघि नेकपाले कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्