कतारमा कोरोनाको त्रास बढेपछि, कतारमा रहेका नेपाली भन्छन् ‘स्वदेश फर्किने मन छ’

पोखरा : चीनको उहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) विश्वका ३४ मुलुकमा फैलिइ सकेको छ। कतारमा समेत कोरोना भाइरसको सं’क्र’मण देखिएको छ । कतारका नेपाली भने कोरोनाकै त्रासले नेपाल फर्कन चाहा न्छन् । पोखराका सूर्य खवास कतारको सनइयामा रहेका खवास प्रोफेसनल सर्भिस सेक्युरिटि कम्पनीमा कार्यरत हुनुहुन्छ ।

खवास कम्पनीले छुट्टी दिए नेपाल फर्किने बताउनुहुन्छ । ‘कम्पनीले कहिले पठाउँछ थाहा छैन, हामीसँगैको साथीलाई पनि सं’क्र’मण भई अस्पतालमा राखेको छ ।’ –उहाँले भन्नुभयो । केहि समय अघिसम्म कम्पनीले बिरामीलाई सोही ठाउँमा राख्ने भने पनि पछि अस्पतालमा राखेको उहाँले जानकारी दिनुभयो । कतारमा नेपालीको ज्या’न नगए पनि सं’क्र’ममित भने भएको उहाँले बताउनु भयो ।

खवास जस्तै खाडि गएका लाखौँ नेपाली अहिले त्रासमा बाचिरहेका छन् । यति मात्र होइन विदेसिएकाहरुको घर–परिवारसमेत अहिले चिन्तामा पर्ने गरेका छन् । कोरोना भाइरसको चपेटामा पारेको इरानबाट फर्काइएका व्यक्तिमा कोरोना देखिएको पुष्टि भएको छ । कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे संक्रमितको स्थिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार मात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको प्रकोप बढ्दै गएको जनाएको थियो । कतारमा करिब ५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् । अहिले विश्वभर कोरोनाबाट ८० हजार २ सय ३९ सं’क्र’मित भएका छन् । विश्वभर नि’धन हुनेको संख्या २६ सय ६६ पुगिसकेको छ । चीनमा ७७ हजार ७ सय ८० कोरोनाको सं’क्र’म’णमा परेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्