नेपाल सरकार जिन्दावाद को नारा लागेको त्यो क्षण !

सरोज ढुङ्गेल, भक्तपुर । सामान्यतया नेपाल सरकार जि’न्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरी पाटीमा भने यस्तै नारा लाग्यो । नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरे ।

उनीहरूले स्थानीयले कुरा नबुझेर भक्तपुरको खरि पाटीमा क्वारेन्टाइन केन्द्र राख्न नदिने भन्दै विरोध भएको कुरालाई मिडियाले बास्तबिकता बुझाएर सहयोग गरेकोमा मिडियाको पनि पनि प्रशंसा गरे । औपचारिक वि’दाइ समारोहमा बोल्दै क्वारेन्टाइमा बिताएका डा. गौरब पोखरेलले सरकारबाट भएको उद्धार प्रयासको प्रशंसा गर्नु भएको थियो ।

राजधानीमा बसोबास गरेकाहरुलाई घर घरमा पु¥याउन चारवटा बसको व्यबस्था गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइन मुक्त भएका छन् । चीन बाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्