खुशीको खबर: कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएका चारै जनामा कोरोनको संक्रमण देखिएन

काठमाडौं: कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको सं’क्रमण नदे खिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्कि सकेका छन् । यता सर कारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी मंगलबार नै यसबारे निर्णय गर्ने बताएको छ ।सोमबार सर्वोच्च अदालतले कोरोना सं’क्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रो’क्न सरकारलाई आदे श दिएको थियो ।श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सर्वोच्च अदालतको आदेशपछि कोरोनाबाट प्रभावित देशहरुमा जाने कामदार रोक्न छलफल सुरु भएको बताए ।

‘बेलुकासम्म कहाँ–कहाँ जाने कामदार रोक्ने भन्ने निर्णय लिन्छौं,’ उनले भने, ‘कामदारहरुलाई पनि अवस्था विश्लेषण गरेर मात्रै रोजगारीमा जान आग्रह गर्छौं ।’ उनले सर्वोच्चको लिखित आदेश मन्त्रालयमा मगाइएको जानकारी पनि दिए । वैदेशिक रोजगार विभा गले कोरिया जाने कामदारलाई यसअघि नै जान रोकेको थियो। ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्यापक रुपमा फैलिएपछि कामदारलाई कोरिया पठाउने तालिका सार्दै आएको छ ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरकारले कतिपय देश मा सीधा उडान नै रोक्न तयारी गरिरहेकाले त्यहाँ जाने कामदारलाई के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्