पुष्पकमल दाहाल प्रचण्ड बिरामी, राजनीतिक भेटघाट पूर्ण रुपमा ब’न्द

काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बि’रामी परेका छन्। रुघाखोकी लगायत समस्या देखिएपछि प्रचण्ड सोमबार देखि खुमलटारमै आ’राम गरिरहेको उनी नि’कट एक नेताले बताए । आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै उनले मंगलबारदेखि राजनीतिक भे’टघाटलाई केहीदिनका लागि पूर्णरुपमा ब’न्द गरेका छन्।

चिकित्सकहरुले घरमै आ’राम गर्न सल्लाह दिए पछि उनले बाहिरका कार्यक्रम पनि स्थगित गरेको ती नेताले बताए । तीन दिन अघि आइतबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रममा उनले स’म्वोधन गर्दै गर्दा उनीमाथि रतन तिरुवाले जु’त्ता प्र’हार गरेका थिए।

नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्र’त्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका बेला प्रचण्ड पनि बि’रामी परेका हुन्। प्रचण्डले ओलीलाई फोन मार्फत नै स्वास्थ लाभको कामना गरेका थिए। राष्ट्रियसभाको सदस्य युवराज खतिवडालाई बनाउने की वामदेव गोतमलाई बनाउने भन्ने विषयलाई लिएर दाहाल र ओलीबीच दू’री बढेको छ।

प्रतिक्रिया दिनुहोस्