चैत ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयहरूलाई निर्देशन

काठमाडौं, फागुन २० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ। विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेको छ ।

त्यसैगरी, विज्ञप्तिमा ‘विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गर्दछ’ उल्लेख गरेको छ । मङगलबार मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्व मा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मिति सम्ममा सक्नेगरी परीक्षा सञ्चालन गर्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै को’रोना भाइरस सं’क्रमणबाट सजगता अपनाउन विद्यालयमा सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु आयोजना नगर्न नगराउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्