प्रधानमन्त्रीको निर्णयप्रति चिकित्सक संघको सम्मान

काठमाडौं : नेपाल चिकित्सक संघ दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी ओलीको सफल मिर्गौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नेपाली चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको क्षमताप्रति देखाएको विश्वासलाई निरन्तरता दिँदै नेपाली चिकित्सकबाट आफ्नो उपचार गराउने निर्णयलाई संघले उच्च सम्मान व्यक्त गरेको छ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसरी २०७२ साल वैशाखमा आएको महा भूकम्पमा नेपाली जनताहरुले नेपालका चिकित्सक तथा स्वास्थ्य कर्मीहको क्षमता प्रति देखाएको विश्वासलाई निरन्तरता दिँदै प्रधानमन्त्री ज्युको नेपालमै नेपाली चिकित्सकहरुबाट आफ्नो उपचार गराउने निर्णयलाई नेपाल चिकित्सक संघ उच्च सम्मान प्रकट गर्दछ ।’

विज्ञिप्तमा उहाँले देखाउ नुभएको कार्यको अनुसरण गर्न नेपालका उच्च ओहोदामा रहेका व्यक्तिहरुलाई आग्रह समेत गरिएको छ । संघका महासचिव डा.बद्री रिजालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले गरेको निर्णको अनुसरणगर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्