सिक्किम घुम्‍न जानेलाई बाँसको वाटर बोटल

काठमाडौं : सिक्किममा प्लास्टिकको बोटल र फोहोरको प्रयोग पूर्ण रुपमा रोक्न बाँसको पानीको बोटल प्रयोगमा ल्याइएको छ । सिक्किम भ्रमणमा आउने पर्यटकका लागि बाँसको बोटल नयाँ आकर्षण बन्‍न पुगेको छ । सि’क्किम भारतको लोकप्रिय पर्यटकीय स्थल हो । सिक्किमको मा वर्षेनी १ लाखभन्दा बढी पर्यटकहरु भ्रमण गर्छन्।

लाछेन पहिलो सहर हो, जसले ‘प्याकेज्ड वाटर बोटल’मा प्र’तिबन्ध लगाएको छ । सन् १९९८ मा पहिलो पटक सिक्किमले प्लास्टिक बोटल प्रतिबन्ध गर्ने घोषणा गरेको थियो । यस्तै सन् २०१६ मा सिक्किमको सरकारी कार्यलय र सार्वजनिक कार्यक्रममा प्लास्टिक बोटलको प्रयोगमा रोक लगाइएको हो।

सिक्किम भ्रमणमा आउने पर्यटकलाई प्लास्टिक बोटलको प्रयोग नर्गन आग्रह गरेका छन् । सिक्किमका स्थानिय अधिकारीहरुले १ हजार बाँसको बोटल अर्डर गरेका छन् । अब बिस्तारै बाँसको बोटलको आपूर्ति बढ्ने अनुमान गरिएको छ । भ्रमणमा आउने पर्यटक लाई पनि प्लास्टिक बोटल प्रयोग नर्गन कडा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्