मन्त्री विना मगरको छोराको ‘पढाई गालामा’

काठमाडौं, २० फागुन । खानेपानीमन्त्री विना मगर घर र मन्त्रालय दुवैको जिम्मेवारी बोकेर सक्रिय छिन्। उनी मन्त्रालयका अलावा परिवारलाई पनि समय दिन्छिन्। मन्त्री मगरको आफ्नोतर्फबाट एक छोरा छन् । प्रचण्डपुत्र प्रकाशसँग विवाह गरेपछि उनीहरुबाट छोराको जन्म भएको हो । छोराको लेखपढमा पनि बुझि रहन्छिन् ।

यसपटक उनले छोराले गालामा केरेपछि ट्वी’टरमा लेखेकी छिन्- छोराको लेखपढ गालामा । विनाका पति प्रकाशको नि’धन भइसकेको छ। विनाले सम्झना चाहिं आफूसँगै राखेकी छिन्। उनले ट्वी’टमा प्रकाशसँगको पुरानो तस्बिर राख्दै लेखेकी छिन्- लाग्छ प्रकाश बनी मेरो यात्रामा उज्यालो छरिरहेका छौ ।

प्रकाशको पहिलो दोस्रो सृजना त्रिपाठी हुन् । त्रिपाठीका पनि एक छोरा छन् । विना भने प्रकाशकी तेस्री पत्नी हुन् । पहिलो पत्नी प्रभा बोगटीसँग प्रकाशले पारपाचुके गरेका थिए । पारिवारिक रुपमा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग उनको विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्