आफ्ना प्रतिनिधिलाई अस्पतालमै पठाएर पूर्वराजा ज्ञानेन्द्रले गरे ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौं : मिर्गाैला प्र’त्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । शाहको शुभ कामना सन्देश लिएर उनका पूर्वप्रमुख सचिव पशुपति भक्त महर्जन ओली उपचारार्थ भर्ना भएको शिक्षण अस्पताल पुगेका थिए ।

शाहले ओलीको सफल मिर्गौला प्र’त्यारोपण सहित शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ज्ञानेन्द्रले आफ्ना पूर्व प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई सन्देशसहित शिक्षण अस्पताल महाराजगञ्ज पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।दोस्रोपटक मिर्गौला प्र’त्यारोपणका लागि प्रधानमन्त्री ओली सोमवार अस्पताल भर्ना भएका थिए । भोलि बुधवार मिर्गौला प्र’त्यारोपण गर्ने तयारी छ ।

‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेवबाट प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सफल मिर्गौला प्र’त्यारोपण सहित शी’घ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ । मौसुफको शुभकामना सन्देश लिएर श्री ५ का पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जन शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको हो,’ पाठकले फेसबूकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्