भूटानका प्रधानमन्त्रीद्वारा ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना

काठमाडाैं, २१ फागुन । भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्र’त्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । उहाँले आज एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्र’त्यारोपण सहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्र’त्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज (बुधबार) बिहान गरिँदै छ । प्रधानमन्त्री ओली मिर्गौला प्र’त्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनु भएको थियो । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलबार नै विज्ञप्तिमा जारी गर्नुहुँदै प्रत्यारोपण तयारी पूरा भएकाे जनाकरी दिनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्