प्रधानमन्त्री ओलीलाई आईसीयुमा सारियो

काठमाडौँ, २१ फागुन । मिर्गौलाको सफल प्र’त्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयुमा सारिएको छ । प्रधानमन्त्री ओली संगै उहाँलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौलालाई पोस्ट अपको आईसीयुमा सारिएको अस्प ताल स्रोतले बताएको छ । बिहान १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो तीन बजेसम्म चलेको थियो ।

त्यस क्रममा समीक्षाले दिएको मिर्गौलालाई चिकित्सकहरुले सफलता पूर्वक प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न सफल भएका हुन् । अहिले दुवैजनालाई अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपको आईसीयुमा सारिएको हो । अब प्रधानमन्त्री ओलीलाई अस्पता लबाट डिस्चार्ज नहुन्जेल यहीँ राखिनेछ । अस्पताल स्रोतका अनुसार अहिले दुवैजनाको अवस्थामा ख’तरामुक्त रहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको होस आउन अझै डेढ घण्टाजति लाग्नसक्छ । ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए। प्रधानमन्त्री ओलीको एउटा मिर्गौ लाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्र’त्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्