बसकाे ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु

काठमाडौं : बसलाई ओभरटेक गरेर अगाडि बढ्न खोज्दा सिरहामा एक मोटरसाइकल चालकको मृ’त्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजनर नगरपालिका ४ स्थित जनक चोकमा यात्रुबाहक बसले कि’च्दा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमानको मृ’त्यु भएको हो।

बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडि बढ्न खोज्दा विपरीत दिशाबाट गइरहेको बा ३१ब ९८८३ नम्बरको अर्को मोटर साइकलसँग ठो’क्किएर ल’डेपछि बसले कि’चेर रहमानको घ’टना स्थलमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

रहमान चढेको को ४ प २०९८ नम्बरको मोटरसाइलले बसलाई अभरटेक गरी अगाडि बढ्न खोज्दा उनको ज्या’न गएको प्रहरीले जनाएको छ। दु’र्घटनामा अर्का मोटरसाइकल चालक आरजु कुमार राई घा’इते भएका छन्। उनको गोलबजारको स्थानीय हस्पिटलमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिएर अनु’सन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्