कोरोना भाइरसको कारण मा’पसे परीक्षण रोकिएको छैन : भीमप्रसाद ढकाल

काठमाडौं, २१ फागुन । कोरोना भाइरसको सं’क्रमण सर्ने सम्भावित त्रासका कारणलाई देखाएर काठमाडौं उपत्यका लगायत देशभर हुँदै आएको मा’दक पदार्थ सेवन ‘मापसे’ परीक्षण नरोकिएको महानगरीय ट्राफिक प्रहरी महा शाखाले प्रष्ट पारेको छ ।

कोराना भाइरस कोविड–१९ को सं’क्रमणको त्रा’सका कारण सवारी चालकहरुमा हुँदै आएको मापसे परीक्षण पनि रोकिएको भन्ने हल्ला चलेपछि महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले न्यूज २४ नेपाल डट टिभीसँग कुरा गर्दै परीक्षण नरोकिएको प्रष्ट पार्नुभएको हो ।

उहाँले ‘माउथ टु माउथ’ मुखमा मुख राखेर परीक्षण नगरिने तर ब्रेथलाइजरको प्रयोग गरेर परीक्षण जारी रहेको पनि जानकारी दिनुभयो। र, मापसे परीक्षण रोक्ने कुनै योजना नरहेको र ब्रेथलाइजरको प्रयोगबाट परीक्षण निरन्तर राखिएको पनि उहाँले बताउनु भयो । ‘हल्ला मैले पनि सुने तर म आफै अचम्ममा परे, परीक्षण रोकिएको छैन र रोक्ने कुनै योजना पनि छैन’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्