मेरो र’गत पसिनाको कमाइ वर्षौ देखि मिल मालिकसँग छ, पैसा पाए घर जान्छु, नभए यतै म’र्छु !

काठमाडौं । ‘बहुमतको सरकार कसको हो, किसानको हो कि माफियाको ?’ सर्लाहीका उखु किसान ६० वर्षिया रामविलासको महतोको प्रश्न हो, यो। गुलियो उखुले जीवनमा तीतो स्वाद दिएपछि पी’डा सुनिदिने कोही भएनन् उनका लागि ।र, व्यथा सुनाउन अहिले काठमाडौँमा छन् । मुलुक संघीय व्यवस्थामा गएपछि तीनतहका सरकार पाएका छन, नेपाली जनताले ।

‘गाउँमा सिंहदरबार पुगेको’ भाषण सुनेको पनि धेरै भो सर्वसाधारणली तर, रामविलासले त्यो महशुस गर्न सकेनन। र,आखिर सिंहदरबार खोज्न थानकोटको डाँडो छिचोलेको आएका उनी त्यो दरबारको नाकै मुनी माइतीघर मण्डलामा उभिएर उल्लेखित प्रश्न गर्दैछन् । बिगत १७ दिनदेखि आन्दोलनमा छन, उखु किसान । तर, सरकार आशको भाँडो मात्र बनेको छ । त्यसैले त उनि भन्न बाध्य छन्, ‘रातको निद्रा र दिनको भोकको वास्ता छैन मलाई ।

बर्षभरिको आश अनि भरोसा थियो, त्यो नि डुबायो सरकारले ।’ बिगत ४१ बर्षदेखि उखु खेतीगर्दै आएका रामविलासको पि’डा आम उखु किसानको हो । चार बर्षदेखि आफ्नो पसिनाको कमाई नपाए पछि न्या’यमाग्न सर्लाहीबाट काठमाडौं आएका हनन्, उनी । मिल मालिक र सरकार मिलेर किसानको शो’षण गरेको उनको बुझाई रहेको छ । अन्नपुर्ण चिनिमिल धनकौल र महालक्ष्मी सुगर प्रा.लि. बगदहले उखू किसानको भुक्तानीको लागि कुनै मतलव गरेको छैन ।

यता किसानको बिरह यस्तो छ(‘किसान भएर जन्मिए तर कहिल्यै घाम पानी नभनी उखु खेतीमा लागिरहेँ । तीनवर्षदेखि उखुको भुक्तानी नपाउँदा गाउँको साहुँको ऋणमा त परियो नै त्यसको ब्याज बढेर सावाँ रकमको डबल भएको छ ।’ ’ज्याला गरेर दैनिक २ सय ५० रुपैयाँ कमाउने मैले कसरी साहुको लाखौ रुपैँया ऋण तिर्नु’ सुस्केरा सहितको उनको प्रश्नको शायद जवाफ कसैसंग छैन ।

उनी भन्छन, ’मेरो र’गत पसिनाको कमाइ वर्षौ देखि मिल मालिकसँग छ, साहुलाई के दिने? कसरी दिने ? आफुसंग सुको छैन ।आफ्नो निजि १० कठ्ठा जमिन र १० कठ्ठा ठेक्कामा लिएर उखु खेती गर्दै आएको छु ।’ एक कठ्ठामा उखु खेतीगर्न ३ हजार रुपयाँ खर्च लाग्छ, यसरी एक बिगाह जमिनमा उखु खेतीगर्दा उनको लगभग ६० हजार खर्च हुने गरेको छ । त्यहि उखु बेचेर ११ जनाको परिवार पाल्नु छ, उनले ।

रामविलासले उखु खेतीकै लागि भनेर केहीवर्ष अघि गाउँ कै साहुबाट ३६ प्रतिशतका दरले २ लाख ऋण लिएका थिए । त्यो चुक्ता गर्ने कुनै उपाय बाँकी छैन मिल मालिकबाट पैसा लिने बाहेक । त्यसैले भन्छन्, ‘पैसा दिए घर जान्छु नभए यतै म’र्छु ।’ सुखलाल सहनीको पि’डा पनि त्यस्तै छ । दुई बर्षदेखि उखुको भुक्तानी नपाउदा नि’राश देखिएका छन् ।

उनले १ लाख ६५ हजार भुक्क्तानी लिन बाकिं छ । उनी भन्छन, ’चिनीमिल संचालन गर्दा किसानलाई लोप देखाएर भुक्क्तानी दिने वचन वद्धता गराउछन, अन्त्यमा हामी पैसा नै पाउदैनौ ।’ सलार्हीका उखु किसानको अन्नपूर्णले ६० करोड रुपैयाँ र महा लक्ष्मीले २१ करोड भुक्क्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्