‘समयमै नेपाल फ’र्किएको भए प’छुताउन नपर्ने रहेछ ’

प्रभात कुमार वर्मा/बारा । बाबुलाल स्याङ्तानलाई विदेशमा पाइने काम र दुःख थाहा थिएन । तर उहाँलाई लाग्थ्यो, ‘जहाज चढेर जाने देशमा कमाइ त टन्नै होला ।’ त्यही जहाज चढेर कमाउन जाने रहरले नै उहाँलाई मलेसिया पुर्‍यायो ।मलेसियामा दुःख मात्र होइन, एउटा औंला नै गु’माउनु पर्‍यो । अहिले उहाँलाई लाग्छ, ‘श्रम अवधि सकिना साथ स्वदेश फर्किएको भए पछुताउन नपर्ने रहेछ ।’

साथीभाइले सुनाएको परदेशको सहर र मनको रहरले उहाँ २३ वर्षको उमेरमै सन् २०१३ मा मलेसिया जानु भएको थियो । एजेण्टलाई एक लाख २० हजार रुपैयाँ बुझाउनु पर्‍यो, मलेसिया जान । ‘त्यो बेला सबैले विदेश गएपछि त कति न कमाइन्छ भन्थे, मलाई पनि त्यस्तै लाग्थ्यो,’ बाबुलाल भन्नुहुन्छ । त्यसमाथि घरको आर्थिक अवस्था पनि कमजोर थियो । त्यसैले उहाँलाई साथीभाइले भनेको कुरामा लोभ पनि लाग्यो ।

बाबु, आमा, पाँच जना दिदीबहिनी र एक भाइको जिम्मेवारी पनि कमाएर पूरा गर्नु थियो उहाँलाई। आफूले दुई कक्षासम्म मात्र पढेकाले उहाँलाई भाइबहिनीले पढून् भन्ने थियो । घरमा आम्दानीको स्रोत केही थिएन । म्यानपावरलाई तिर्ने पैसा पनि बुवाले ऋण गरेरै व्यवस्था गरिदिएका थिए । मलेसियामा अल्मुनियम फ्रेम बनाउने काम थियो उहाँको । त्यहीबाट भएको कमाइले घरव्यवहार टारिरहनु भएको थियो ।

‘घरकै चिन्ताले म त्यहाँ पनि दिनरात नभनेर ओभरटाइम गरिरहेको थिएँ,’ बाबुलाल भन्नुहुन्छ, ‘कमाएर सबैलाई सुख दिउँला भन्ने थियो खैं के भयो भयो नि ।’ त्यही कमाउने चक्करमा उहाँले श्रम अवधि सक्किंदा पनि घर फर्किंन पर्छ भन्ने हेक्का नै राख्नु भएन । यसै सात वर्ष बितिसकेको थियो । सन् २०२०, नयाँ वर्षको उमंग थियो । सबै अंग्रेजी नयाँ सालको उलक्ष्यमा हाँसीखुसी काम गर्दै थिए ।

बाबुलाल पनि काममा हुनु हुन्थ्यो । ‘अरुलाई नयाँ सालले खुशी ल्यायो तर मलाई भने दशा लागेछ, त्यही दिन औंला काटियो,’ बाबुलाल सुनाउनु हुन्छ । दिमाग भारी भएको थियो त्यो दिन बाबुलालको । के चिन्ता थियो उहाँलाई नै थाहा छैन । काम गरिरहनु भएको थियो । आल्मुनियमको फ्रेम बनाउने मेशिनले कतिबेला औंला नै काटेछ, उहाँले पत्तै पाउनु भएन ।

‘साथीले रगत बगिरहेको देखेर के भयो भन्यो, अनि पो झसङ्ग भएँ,’ बाबुलाल त्यो नमिठो क्षण सम्झदै भन्नु हुन्छ, ‘औंला खोजें भेटिएन, मेशिनले च्यापेर औंला कटिएछ, कहाँ हरायो हरायो काटेको औंला पनि भेटिनँ ।’ कम्पनीले नै उपचार खर्च त गरि दियो । उपचार त भयो तर धेरै कमाउन आशमा दाइने हातको बुढी औंला गुमाउनु पर्दा उहाँलाई असाध्यै मन पोल्छ ।

उहाँसँगै काम गरेका साथी बिदामा घर आएर फर्किएका थिए । ती साथीले पासपोर्ट नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय बारामा जाँदा ग्रामिण उद्यम तथा वि’प्रेषण आयोजना (समृद्धि) र कलैया उपमहानगर पालिकाद्वारा सञ्चालित आप्रवासी श्रोत केन्द्र कलैयामा सूचना तथा परामर्श लिई आप्रवासी श्रोत केन्द्रको भिजिटिङ्ग कार्ड लिएका रहेछन् । फोन नम्बर पनि थियो ।

नम्बर पाएपछि बाबुलालले मलेसिया बाट आप्रवासी श्रोत केन्द्रमा फोन गर्नुभयो । केन्द्रबाट विदेशमा उपचार गराएको बिलसहित आउन भनेर सुझाव दिइयो । गएको माघ २९ गते उपचार गराएको कागजात र का’टिएको औंला लिएर नेपाल फर्किनु भयो । बाबुलाल नेपाल फर्कन साथ आप्रवासी श्रोत केन्द्रमा नेपाल सरकारबाट केही राहत पाइन्छ कि भन्दै पुग्नुभयो उहाँ ।

तर श्रम अवधि सकिए पछि दु’र्घटनामा परेकाले उहाँले राहत रकम पाउनु भएन । बाबुलाले समयमा नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिएर गएको भए विदेशमा भएको अं’गभंगको प्रकृति अनुुसार नेपालमा वैदे’शिक रोजगार बोर्डबाट राहत रकम पाउनु हुन्थ्यो । अहिले त श्रम अवधि सकिएको एक वर्ष पछिसम्म पनि दुर्घटना परे क्ष’तिपूर्ति पाउने नियम त छ । तर उहाँ त सात वर्षसम्म बस्नु भएकाले यो सुविधाबाट पनि बञ्चित हुनुभयो ।

बाबुलालका दुई सन्तान छन् । सरकारबाट केही राहत पाएको भए छोराछोरी पढाउन सहज हुन्थ्यो भन्ने थियो बाबु लाललाई । तर आफ्नै ला’पर बाहीका कारण यो समस्या भगेकाले बाबुलाल, श्रम अवधि भन्दा धेरै विदेशमा काम नगर्न सबैलाई सुझाव दिनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्