कोरोना संक्रमित र मृ’तकको संख्या बढेसँगै स्कूल–कलेज बन्द हुने

एजेन्सी : कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशिया बाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ । अहिले सम्म तीन हजार भन्दा बढीको ज्या’न गइ सकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ ।

चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ । चीन बाहिर सबैभन्दा धेरै असर दक्षिण कोरिया र इरानमा देखिएको छ। इरानमा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ । इटलीले देशभरीकै स्कूल–कलेजलाई मार्चको मध्यसम्म ब’न्द गर्नेबारे विचार गरिरहेको छ ।

कोरोना भाइरसका शिकारः बुधबार इटलीको सरकारले स्कूल कलेज ब’न्द गर्ने नगर्ने विषयमा बैठक बसेको थियो । बैठकपछि इटलीकी शिक्षा मन्त्री लूसिया अजोलिनाले भनिन्, ‘इटलीको समाचार एजेन्सी अनसा र अन्य स्था’नीय च्यानलमा स्कूल–कलेज ब’न्द गर्नेबारे जुन खबर चलिरहेको छ त्यसमा अहिलेसम्म कुनै पनि निर्णय लिइएको छैन तर अबको केही घण्टामा यसबारे निर्णय गरिनेछ ।’

ब्रिटेनमा अहिलेसम्म ८५ जनामाथि कोरोना भाइरसको सं’क्रमण पुष्टि भइसकेको छ । ब्रिटेनका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टीले अहिले ३२ थप नयाँ संक्रमित देखा परेका छन् । ब्रिटेनमा संक्रमणको खतरालाई कम गर्नका लागि डाक्टरले धेरैभन्दा धेरै भिडियो कन्फरेन्सिङको प्रयोग गर्न सल्लाह दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्