कुकुरमा पनि देखियो कोरोना भाइरस (कोभिड-१९) को संक्रमण

हङकङ।कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा घरमा कुकुर– बिरालो जस्ता जनवार पालेर बसेका हरुलाई थप चिन्ता थपिएको छ । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखि एको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।

यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा सं’क्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् । पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबार देखि नै परीक्षण भइ रहेको थियो । सुरुमा एकदमै न्यून रुपमा सं’क्र मण भएको बताइएको थियो ।

कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा र्‍याल जस्ता चिजको स’म्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सं’क्रमण देखिए पछि उक्त कुकुरलाई क्वा’रेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्ट ले जनाएको छ । काेराेनाकाे स’ङ्क्रमण बढेसँगै इटलीले आजदेखि १० दिनसम्म सबै स्कुल बन्द गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्