‘मामाको मु’ख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दा’न गर्ने निर्णय गरेकी हुँ’

काठमाडौं । नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवार बीचमा निरन्तर आवत जावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास बालुवाटार पुगि रहन्थिन् । त्यही बीचमा ओलीको १२ वर्षअघि प्र’त्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटक पटक बिरामी पर्न थाले । प्रधानमन्त्रीलाई बीच बीचमा र’गत चढाउनु पर्ने अवस्था पनि आयो ।

प्रधानमन्त्रीको र’गत ‘ओ नेगेटिभ’ अर्थात् दु’र्लभ समूहको छ । संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई र’क्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्य क्षमतामा निरन्तर ह्रा’स आयो। अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन् । हुन त अन्य पनि इच्छुक थिए ।

तर, नाता र स्वास्थ्यको हिसाबले समीक्षाको मिर्गौला छनोट भयो । मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्री निवास बालुवाटारमा भनेकी थिइन्, ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडे को नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दा’न गर्ने निर्णय गरेकी हुँ ।’ आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्