जता गयो उतै माला र बाजागाजा, पूराना दिन सम्झँदै रमाउँदै महरा

काठमाडौं : संसद सचिवालयकी एक कर्मचारी माथि ज’बरज’स्ती क’रणी प्रयास गरेको आ’रोप लागेपछि राजीनामा दिएका पूर्वसभामुख कृष्णबहादुर महरा अचेल फुर्सदमा छन्। फुर्सद मतलब घुमफिर गरिरहेका छन् । फागुन ५ गते काठ माडौं जिल्ला अदालतले ज’बरज’स्ती क’रणी प्रयास मु’द्दामा सफाइ दिएपछि महराको तीन महिना लामो जे’ल बसाइ सकिएको थियो।

अदालतबाट स’फाइ पाएको एक साता नबित्दै महरा आफ्नो निर्वाचन क्षेत्र दाङ गएका थिए। झन्डै दुई सातादेखि उनी पूरानो राप्ती अञ्चलका क्षेत्र घुमिरहेका छन्। कहिले सशस्र यु’द्धका बेला आफ्नी श्रीमती र छोरा बसेको घरमा गएर त कहिले सरकारसँग पहिलो पटक वार्ता भएको ठाउँमा पुगेर उनले पूराना यादहरूलाई फर्काइरहेका छन्। महरा जाने ठाउँमा पार्टीले कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन।

तैपनि महरा जहाँ पुग्छन्, त्यहीँ संक्षिप्त सम्बोधन गर्छन्। ष’डयन्त्र पूर्वक आफूलाई तीन महिना भू’मरीमा पारिएको तर्क गर्छन्। स्वागत र सम्मानमा बाजागाजा सहित जम्मा भएका मानिसलाई आफू निर्दोष रहेको जि’किर गर्छन्। जनताप्रति ऋ’ण भएको भन्दै भवि ष्यमा ‘जनताकै शक्ति’ले अगाडि बढ्ने प्रण गर्छन। महराले आफूलाई अहिले रमाइलो मात्रै भइरहेको प्रतिक्रिया दिएका छन्। ‘धेरै जनताको खुसी छ उनीहरूले सम्मान दिइरहेका छन् स्वागत गरिरहेका छन’ महराले भने। विस्तृतमा सेतोपाटी मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्