भारतमा कोरोना भाइरसको सं’क्रमण तीब्र रुपमा फैलदै, सं’क्रमितको संख्या बढ्दै

नयाँ दिल्ली । कोरोना भाइरसको सं’क्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । बुधबार अपरान्हसम्म भारतमा कोरोना भाइरस कोविड–१९ सं’क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । संक्रमित मध्ये १६ जना इटालियन नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटालियन नागरिकमा कोरोना भाइरसको सं’क्रमण देखिएको र त्यस पछि क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भाइरसको सं’क्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

इटालीका पर्यटकहरुलाई घुमाउने बसका ड्राइभरलाई समेत कोरोना भाइरसको सं’क्रमण देखिएको बताइएको छ । यसै गरी आग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भा’इरसको सं’क्रमण सारेको पुष्टि भएको छ । इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भाइरसको संक्रमण सारेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्