नेपाल आइपुगिन् मिस वर्ल्ड टोनी, मिस नेपालले गरिन् स्वागत

काठमाडौं : मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइ पुगेकी छिन् । बिहिबार उनी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालय सँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन। उनी सँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन्। उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरे। उनको सिन्धुपाल्चोक देखि मकवानपु रसम्मको यात्रा तय भएको छ।

टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्। हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् टोनीले। त्यस्तै टोनी अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडा को प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्