आत्म ह’त्या दु’रुत्साहन मुद्दामा उत्तम सञ्‍जेलकी पत्‍नीलाई सफाइ

काठमाडौं : ‘एक सय रुपैयाँमा शिक्षा’ अभियन्ता उत्तम सञ्‍जेलकी पत्नी सहित तीन जनाले आत्म ह’त्या दु’रुत्साहन मु’द्दामा स’फाइ पाएका छन् । बौद्ध कुमारी गाल स्थित समता स्कुल र समता अस्पतालका सञ्‍चालक सन्जेल पत्‍नी कला सहित तीन जनालाई आत्म ह’त्या दु’रु’त्सान मुद्दामा काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको हो।

अदालतले कला, अस्पतालमा कार्यरत तीर्थकुमारी र विद्यार्थी संगीतालाई पनि सफाइ दिएको हो। जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आत्म ह’त्या दु’रुत्सा’हन मु’द्दामा अ’भियोगको दा’बी नपुग्‍ने ठहर गर्दै सन्जेल सहितलाई सफाइ दिएको हो। बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापको दोरम्बा निवासी २७ वर्षीया बिमला तामाङले नौ महिना अघि आत्म ह’त्या गरेपछि कला सञ्जेलल वि’रुद्ध आत्म ह’त्या दुरुत्साहनको मु’द्दा चलाइएको थियो।

उनीहरु वि’रुद्ध बिमलाका आफन्तहरुले आ’क्रम’णको प्रयास समेत गरेका थिए। ग’र्भवती भएकै समयमा कलालाई प्रहरीले हि’रास’तमा लिएर अनुसन्धान गरेको थियो । उनले जतिसुकै राम्रो काम गरे पनि ख’राब दिन पनि सँगै आइरहने कुरा जिन्दगीले सिकाए को बताए । ‘जेहोस २८० दिनपछि उच्च अदालत र त्यस पछि जिल्ला अदालतले बुधबार गरेको फैसलाले तीनै जना आ’रोपितलाई बे’कसुर भनी पूर्ण सफाइ सहित न्याय दिएको छ।’

प्रतिक्रिया दिनुहोस्