जापानका अर्बपती चन्द्रमा भ्रमण गर्न २० वर्ष पुगेकी ‘जीवनसाथी’ को खोजीमा

एजेन्सी : जापानका अर्बपती युसाकु मिजावा चन्द्रमामा भ्रमण गर्न महिला जीवनसाथीको खोजीमा भएको बीबीसीले बताएको छ । ४४ वर्षे यी अर्बपती स्टारसिप रकेटमार्फत् चन्द्रमाको फन्को लगाउने पहिलो सर्वसाधारण हुने छन् । सन् २०२३ का लागि बनाइएको यो योजना सन् १९७२ पछि सर्वसाधारण द्वारा गरिने पहिलो भ्रमण हुनेछ ।

मिजावाले अनलाइन मार्फत् आफूले चन्द्र भ्रमणको यो अनुभव एक विशेष महिलासँगै लिन चाहेको बताएका छन् । २७ वर्षे नायिका अयामे गोरिकी सँग भर्खरै प्रेम स’म्बन्ध टु’टेका यी व्यवसायीले आफ्नो वेबसाइटमा ‘प्लान्ड म्याच मेकिङ इभेन्ट’ का लागि निवेदन दिन महिलालाई आग्रह गरेका छन् । ‘रि’क्तता र ए’क्लोपनाले बिस्तारै गाँज्न थालेको मैले एउटा कुरा सोचेको छुः अर्की महिलालाई माया गरिरहने,’ मिजावाले आफ्नो वेबसाइटमा लेखेका छन् ।

‘म ‘जीवनसाथी’ भेट्टाउन चाहन्छु,’ मिजावाले लेखे । ‘भविष्यकी मेरी ती जीवनसाथीसँगको प्रेमबारे र विश्व शान्तिका लागि बाहिरी संसारबाट चिच्याउन चाहन्छु ।’ उक्त वेबसाइटमा तीन महिने लामो निवेदन प्रक्रियाका लागि विभिन्न शर्तहरु उल्लेख गरिएका छन् ।शर्तमा उल्लेख भएअनुसार निवेदक एक्लो हुनुपर्ने, २० वर्ष पुगेको हुनुपर्ने, सकारात्मक हुनुपर्ने र अन्तरिक्षमा जान इच्छुक हुनु पर्नेछ ।

निवेदन जनवरी १७ तारिखसम्म दिइसक्नुपर्नेछ र मिजावाले आफ्ना पार्टनर बारे मार्चको अन्तिममा निर्णय दिनेछन् । हार्डकोर पंक ब्यान्डका ड्रमर समेत रहेका उनले यसअघि पनि निकै रोचक घोषणा गरेका छन् । यस महिनाको सुरुवातमा मिजावाले आफ्ना ट्वी’टर फलोअर्सलाई १ अर्ब रुपैयाँ बाँड्ने घोषणा गरेका थिए । जापानी अनलाइन क्लोदिङ रिटेलर जोजो इंकका संस्थापक मिजावाले फेसन वर्ल्डमार्फत् व्यापक सम्पत्ति कमाए । उनको कूल सम्पत्ति ३ बिलियन डलर भएको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्