कोरोना त्रास : यूएईका होटलले आफ्ना कर्मचारीलाई बेतलबी बिदामा बस्न भने

काठमाडौं : यूईमा भएका होटेलहरुले एयरलाइन्स सेवाको अनुसरण गर्दै आफ्ना कर्मचारीहरुलाई पनि बेतलबी बिदामा बस्न भनेका छन्। होटेल क्षेत्रमा कोरोना भाइरसको त्रास हुन सक्ने भन्दै होटलहरुले आफ्ना कर्मचारीहरुलाई बेतलबी बिदा मा बस्न भनेका हुन् । तर वेटर, क्याट्रिङ सेवा तथा बगैँचामा काम गर्नेहरुले भने यस्तो बिदा पाउने छैनन् ।

अहिलेको लागि यस्तो बिदा सामान्य कर्मचारीभन्दा मध्यम तहका मेनेजरहरुलाई भनिए पनि कोरोनाको त्रास नरोकिए सबैले बस्न सक्ने होटल स्रोतले जनाएको छ। कर्मचारीहरुलाई उनीहरुका बाँकी छुट्टीका दिनहरु पनि कटाएर बेतलबी बिदाको लागि प्रक्रिया अगाडि बढाउन भनेको छ ।

एक जना वरिष्ठ होटल व्यवसायीले होटलको लागतलाई कम गर्नको लागि आफूहरुले खाद्यान्नको आपूर्ति कर्ताहरुलाई पनि परिवर्तन गर्न लागिरहेको बताएका छन् । यूईमा भएका होटेल क्षेत्रमा कोरोना भा’इरसको त्रास हुन सक्ने भन्दै होटलहरुले आफ्ना कर्मचारीहरु लाई बेतलबी बिदा मा बस्न भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्