वायु प्रदूषण धुम्रपान भन्दा ख’तरनाक

काठमाडौं : फोक्सोका रोगहरू, क्या’न्सर, मुटु सम्बन्धी स’मस्या र म’स्तिष्क घा’त सबै वायु प्रदूषणसँग जोडिएका छन् । वायु प्रदूषण र रोगको सम्बन्ध यति धेरै देखिन थालेको छ कि यसलाई नयाँ धूमपान भन्न थालिएको छ । तर हाम्रो जीवनलाई वायु प्रदूषणले कति छोट्याउँदै छ त ?

वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ।यो २.९ वर्षको नयाँ औसत पहिले अनुमान गरिएभन्दा दोबर र सूर्ती धूमपानभन्दा बढी हो। कार्डियो भास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरूले यु’द्ध सहित सबैखाले हिं’साभन्दा प्रदूषण १० गुणा बढी घा’तक भएको दा’बी गरेका छन्।

र अध्ययन कर्ताहरूले वायु प्रदूषणका कारण हुने मृ’त्युको सङ्ख्या धूमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दा’बी गरेका छन्। उनीहरूले नयाँ तथ्याङ्क प्रशोधन विधि प्रयोग गरेर सन् २०१५मा भएको मृत्युदर गणना गरेर वायु प्रदूषणलाई ८८ लाख मृ’त्युसँग जोडेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि प्रतिवर्ष ८२ लाख मानिसहरूको मृ’त्यु धूमपानसँग जोडिने गरेको छ।

‘विश्वव्यापी म’हामारी’ : वायु प्रदूषणले मुटु सम्बन्धी र श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढाउने र हाम्रो स्वस्थ जीवन यापनमा अन्य असर पार्ने बताइएको छ। “हाम्रो नतिजाले वायु प्रदूषण महामारी भएको देखाउँछ,” मेन्ज युनिभरसिटी मेडिकल सेन्टरका प्राध्यापक थोमस मुञ्जेलले एक विज्ञप्तिमा लेखेका छन्।

“नीति निर्माता र स्वास्थ्य समुदायले यसलाई थप ध्यान दिनुपर्ने देखिन्छ ।” मुञ्जेल र उनका सहकर्मीहरूले खनिजमा आधारित इन्धनको कम प्रयोगले मानिसको आयु उल्लेख्य रूपमा बढाउन सकिने बताएका छन् । उनीहरूको अनुमानमा त्यस्तो धुवाँ शू’न्यमा झार्न सकिए मानिसको आयु एक वर्षले बढ्ने छ।

प्रतिक्रिया दिनुहोस्